अस्ट्रेलिया र बेल्जियमका प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

अस्ट्रेलिया र बेल्जियमका प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
मधेशपत्र मधेशपत्र २०८१ आश्विन ४, शुक्रबार १३:०१
अस्ट्रेलिया र बेल्जियमका प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रस्तावित दुईजना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ।

राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो।

ADVERTISEMENT

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ।

सरकारले यसअघि प्रस्ताव गरेका १६ जना राजदूतहरूको नाम बिहीवार समितिले अनुमोदन गरेको छ।

प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार १३:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !