नेकपा एसका अध्यक्ष नेपाल आज रुस जाँदै

नेकपा एसका अध्यक्ष नेपाल आज रुस जाँदै
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १६, आईतवार २१:३०
नेकपा एसका अध्यक्ष नेपाल आज रुस जाँदै

काठमाडौँ: नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज रुसको भ्लादिभोस्तक जानुहुने भएको छ ।

यही भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म हुने ‘एसिया इकोनोमिक फोरम’ छलफलमा सहभागी हुन अध्यक्ष नेपाल आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने नेकपा (एकीकृत समाजावदी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

अध्यक्ष नेपाल अन्तरर्राष्ट्रिय सम्मेलन उक्त कार्यक्रममा वक्ताको रुपमा सहभागी हुनुहुने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार २१:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !