लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः अध्यक्ष नेपाल

लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः अध्यक्ष नेपाल
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १४, शुक्रबार १२:३२
लागु औषध दुर्व्यसनविरुद्ध युवा जाग्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागु औषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थीहरु जाग्न आवश्यक रहेको बताएका छन् ।

दोलखामा रहेको गाईखुरा युवा क्लबले आयोजना गरेको लागु औषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताए ।

उनले, “पछिल्लो समय लागु औषध दुर्व्यसनमा धेरै जसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरु त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ ।” लागु औषध दुर्व्यसनका कारण युवाहरुले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उनले यसविरुद्ध सबै एकजुट हुन आग्रह गरे ।

उनले लागु औषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताए। यसका लागि कठोर कानून आवश्यक रहेको उनको कथन थियो ।

त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सांसद गङ्गा कार्की, नेपाली काग्रेसका नेता अजयवावु सिवाकोटी, बिशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा विश्वहरि नेपाललगायतले धारणा राखेका थियो ।

प्रकाशित मिति: २०८१ भाद्र १४, शुक्रबार १२:३२

तपाईको प्रतिक्रिया !