दाङमा ७ जना मिटर व्याजी प्रकाउ ..

दाङमा ७ जना मिटर व्याजी प्रकाउ ..
मधेशपत्र मधेशपत्र २०८१ श्रावण २५, शुक्रबार १३:१६
दाङमा ७ जना मिटर व्याजी प्रकाउ ..

दाङ : अनुचित लेनदेन ९मिटर ब्याज० को आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई पुरुष र पाँच महिला गरी सात जनालाई पक्राउ गरेको छ ।

मिटर ब्याज तोकेर मानसिक तनावसमेत दिएको भन्दै १० जनाले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । पीडितहरूले सात जनाविरुद्ध विभिन्न २४ वटा मुद्दा दर्ता गरेका छन ।

पीडितहरूलाई सङ्गठित गरेर न्यायिक प्रक्रियामा पठाइएको नागरिक बचाउ अभियानका राप्ती संयोजक कुलबहादुर डाँगीले बताउनुभयो । उहाँले घोराहीकै अरू दुई जना महिलाले थप २५ जनालाई अनुचित रूपमा ठगी गरिरहेको पाइएकाले मुद्दाको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०८१ श्रावण २५, शुक्रबार १३:१६

तपाईको प्रतिक्रिया !