मनोहरामा डोजर चलाउँदा ढुंगामुढा, डीएसपीसहित केही प्रहरी घाइते

मनोहरामा डोजर चलाउँदा ढुंगामुढा, डीएसपीसहित केही प्रहरी घाइते
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार २०:५८
मनोहरामा डोजर चलाउँदा ढुंगामुढा, डीएसपीसहित केही प्रहरी घाइते

काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा ढुंगामुढा प्रहार गरिएको छ भने केही प्रहरी घाइते भएका छन्।

सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा शनिबार साँझ मनोहरा बस्तीमा डोजर लगाएको थियो। अँध्यारोमा डोजरले घर भत्काउन थालेपछि स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेका हुन्।

ADVERTISEMENT

स्थानीय बासिन्दाले ढुंगा प्रहार गरेपछि केही प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। थिमि प्रहरी वृतका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानासहित केही प्रहरी घाइते भएका हुन्।

डोजर चलाउँदा स्थानीय अवरोध गरेपछि सुकुमवासी बस्तै हटाउने कार्य रोकिएको छ। अइतबार बिहानदेखि फेरि डोजर चलाइने प्रहरीले जनाएको छ।

मनोहरा बस्तीमा केही पक्की घर पनि छन्। पक्की घर डोजरले भत्काउन थालेपछि स्थानीय बासिन्दा आक्रोसित बनेका हुन्।

यसअघि सरकारले काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीमा डोजर चलाएको थियो। थापाथली बस्ती खाली भएको छ।

त्यस्तै, काठमाडौँ-९ स्थित गैरीगाउँ र काठमाडौँ-३१ स्थित शान्तिनगरको बस्तीमा पनि डोजर चलाएको थियो। दुवै बस्तीका बासिन्दा सामान सार्दै घरबाट निस्केका थिए।

सरकारले काठमाडौँको नदी किनारका पाँच वटा बस्ती खाली गराउने जनाएको छ। बाँकी बस्तीमा आइतबार पनि डोजर चलाउने सरकारको तयारी छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार, शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार २०:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !