प्रधानमन्त्री र मन्त्रीलाई पनि कूटनीतिक आचारसंहिता लागू गर्छौँ: परराष्ट्रमन्त्री खनाल

प्रधानमन्त्री र मन्त्रीलाई पनि कूटनीतिक आचारसंहिता लागू गर्छौँ: परराष्ट्रमन्त्री खनाल
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार २०:५०
प्रधानमन्त्री र मन्त्रीलाई पनि कूटनीतिक आचारसंहिता लागू गर्छौँ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ सरकार क्रियाशील रहेको बताएका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए। उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न लागिपरेको बताए।

ADVERTISEMENT

‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ,’ खनालले भने।

कार्यक्रममा बोल्दै उनले सरकार सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको बताए। रास्वपाको वाचापत्रअनुसार सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो।

अहिले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर अगाडि बढिरहेको उनको जिकिर थियो।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार २०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !