धनुषामा बस–मोटरसाइकल ठक्करमा युवकको मृत्यु, एक गम्भीर घाइते

धनुषामा बस–मोटरसाइकल ठक्करमा युवकको मृत्यु, एक गम्भीर घाइते
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार २०:३४
धनुषामा बस–मोटरसाइकल ठक्करमा युवकको मृत्यु, एक गम्भीर घाइते

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

ADVERTISEMENT

मोटरसाइकलमा पछाडि सवार जलेश्वर नगरपालिका–१ की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भएकी छन्। उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चितवनबाट गाईघाटतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार २०:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !