दुई हजार नौ सय तीन जना सवारी चालक कारबाहीमा

दुई हजार नौ सय तीन जना सवारी चालक कारबाहीमा
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार १३:०३
दुई हजार नौ सय तीन जना सवारी चालक कारबाहीमा

काठमाडौं : बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो ।

ADVERTISEMENT

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार १३:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !