सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’: १२० जना नियन्त्रणमा

सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’: १२० जना नियन्त्रणमा
मधेश पत्र मधेश पत्र २०८३ बैशाख ११, शुक्रबार १६:२९
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’: १२० जना नियन्त्रणमा

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ मा २४ घण्टाको अवधिमा लागुऔषध बिक्री वितरण, सेवन तथा समाजमा गुण्डागर्दीमा संलग्न रहेको १२० जनालाई नियन्त्रणमा लिएको छ ।

शान्ति सुरक्षा कायम गर्न तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय सुनसरी मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार वैशाख ९ गते साँझ ६ बजेदेखि १० गते बिहान ६ बजेसम्म पहिलो चरण र १० गते साँझ ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म दोस्रो चरण गरी दुई चरणमा अपरेसन सञ्चालन गरिएको थियो ।

सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएकामध्ये ११५ जना पुरुष र पाँच जना महिला रहेका छन् । पक्राउ परेकामध्ये १० जना पुरुष र पाँच जना महिलालाई सुधार केन्द्र पठाइएको छ । त्यसैगरी मादकपदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा शान्ति भङ्ग गर्ने ७६ जना पुरुषलाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लागुऔषध मुद्दामा दुई जना पुरुष विरुद्ध मुद्दा दर्ता गरिएको छ भने एक जना फरार रहेका छन् । अन्य २६ जना पुरुषमाथि थप अनुसन्धान भइरहेको छ । अपरेसनका क्रममा २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस लागुऔषध ट्याब्लेट बरामद गरिएको छ । सूचना अधिकारी खड्काले लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार १६:२९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !