कमला नदीमा नयाँ पुल निर्माण अघि बढाउन माग, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कमला नदीमा नयाँ पुल निर्माण अघि बढाउन माग, मुख्यमन्त्रीलाई ज्ञापनपत्र
मधेश पत्र मधेश पत्र २०८३ बैशाख १०, बिहीबार २२:३९
कमला नदीमा नयाँ पुल निर्माण अघि बढाउन माग, मुख्यमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम : कमला नदीमा नयाँ पुल निर्माणको काम तत्काल अघि बढाउन माग गर्दै संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएको छ।

‘नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषा’ ले बिहीबार मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि अल्झिएको पुल निर्माण प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेको हो।

ADVERTISEMENT

समितिले २०८१ भदौ ७ मा मधेश प्रदेश सरकारसँग भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाएको छ। सहमति कार्यान्वयनमा ढिलाइ भइरहेकाले स्थानीयवासीले सास्ती खेप्नुपरेको उल्लेख गर्दै ज्ञापनपत्रमा शीघ्र काम अघि नबढाइए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

कमला नदीमा पुल नहुँदा सिराहा र धनुषा जिल्लाका सर्वसाधारणले वर्षौँदेखि आवतजावतमा समस्या झेल्दै आएका छन्। संघर्ष समितिले अब ढिलाइ नगरी निर्माण प्रक्रिया अघि बढाउन सरकारसँग पुनः जोडदार माग गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार २२:३९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !