सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ९, बुधबार ११:५८
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। सुन प्रतितोला ८ सय र चाँदी ३० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १३० कायम भएको छ।

ADVERTISEMENT

हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ११:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !