प्रतिनिधिसभाको बैठकमा सांसदले फोटो खिच्न र भिडियो रेकर्ड गर्न नपाउने

प्रतिनिधिसभाको बैठकमा सांसदले फोटो खिच्न र भिडियो रेकर्ड गर्न नपाउने
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ८, मंगलवार १६:११
प्रतिनिधिसभाको बैठकमा सांसदले फोटो खिच्न र भिडियो रेकर्ड गर्न नपाउने

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा अबदेखि सांसदहरुले फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ ।

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको मस्यौदा लेखन समितिका एक सदस्यले बताए ।

ADVERTISEMENT

नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’

‘हामी सांसदहरूको लागि यो व्यवस्था गरिएको हो,’ ती सांसदले भने ।

प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलवार १६:११
मधेशपत्र

मधेशपत्र

लेखक

तपाईको प्रतिक्रिया !