शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २२, आईतवार १७:१५
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहा

काठमाडौं : शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिहा गरेको छ ।

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई बयान प्रक्रिया सकिएपछि छाडिएको पुष्टि गरेका छन् । “बयानको काम सकिएपछि उहाँलाई छाडेका हौं,” उनले भने ।

ADVERTISEMENT

यसअघि शुक्रबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा अग्रवाल पक्राउ परेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा लिइएपछि उनीमाथि विभागले बयान लिएको थियो ।

शंकर ग्रुप नेपालका अग्रणी व्यावसायिक घरानामध्ये एक हो, जसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । समूहले स्टिलसँगै सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता वस्तुलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ ।

उक्त प्रकरणमा सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १७:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !