जनमत पार्टी धनुषा अध्यक्षमा अशोक साह सर्वसम्मत चयन

जनमत पार्टी धनुषा अध्यक्षमा अशोक साह सर्वसम्मत चयन
मधेशपत्र मधेशपत्र २०८२ चैत्र १५, आईतवार १९:३०
जनमत पार्टी धनुषा अध्यक्षमा अशोक साह सर्वसम्मत चयन

जनकपुरधाम : जनमत पार्टी धनुषाको अध्यक्षमा अशोक साह सर्वसम्मत रूपमा चयन भएका छन्।

शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको बैठकले साहलाई अध्यक्षमा चयन गरेको हो। बैठक पार्टीकी केन्द्रीय सचिव अनिता कुमारी साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

ADVERTISEMENT

बैठकले उपाध्यक्षमा बबीता यादव, सचिवमा विजय यादव र कोषाध्यक्षमा लक्ष्मण यादवलाई चयन गरेको छ।

यस्तै, सदस्यहरूमा हरिशंकर कापर, हारून मोमिन र शिवकिशोर साह चयन भएका छन्।

प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १९:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !