सुजमावि औरहीमा शैक्षिक गुणस्तर सुधारका लागि (०-५) अभिभावक भेला सम्पन्न

सुजमावि औरहीमा शैक्षिक गुणस्तर सुधारका लागि (०-५) अभिभावक भेला सम्पन्न
मधेश पत्र मधेश पत्र २०८२ चैत्र १३, शुक्रबार ०८:०८
सुजमावि औरहीमा शैक्षिक गुणस्तर सुधारका लागि (०-५) अभिभावक भेला सम्पन्न

सिराहा — सुन्दर जनता माध्यमिक विद्यालय (सुजमावि) औरहीमा शैक्षिक गुणस्तर कायम तथा सुधार गर्ने उद्देश्यले (कक्षा ०–५) लक्षित अभिभावक भेला सम्पन्न भएको छ। नयाँ शैक्षिक सत्रदेखि विद्यालयको शिक्षा स्तर थप उकास्ने लक्ष्यसहित भेला आयोजना गरिएको हो।

भेलामा विद्यालयका प्रधानाध्यापकले हालसम्मको शैक्षिक अवस्था, विद्यार्थी संख्या, गुणस्तरीय शिक्षा कायम हुन नसक्नुका कारण तथा आगामी योजनाबारे विस्तृत जानकारी गराएका थिए। उनले विद्यार्थी अनुपातमा पर्याप्त शिक्षक अभाव, घरमा अध्ययन गर्ने उपयुक्त वातावरणको कमी तथा अभिभावकको न्यून सहभागिता जस्ता चुनौतीहरू औंल्याए।

ADVERTISEMENT

कार्यक्रममा अभिभावकहरूले स्थानीय सरकारप्रति गुनासो व्यक्त गर्दै शिक्षा क्षेत्रका समस्याहरू समाधान गर्ने जिम्मेवारी सरकारकै भएको धारणा राखे। उनीहरूले शिक्षा क्षेत्रमा सरकारको नियत र लगानी दुवै कमजोर रहेको उल्लेख गरे।

विद्यालय प्रशासनले आगामी शैक्षिक सत्रदेखि कक्षा ०–५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ। यसका लागि थप शिक्षक व्यवस्थापन आवश्यक रहने र त्यसका लागि अभिभावक तथा सरोकारवालाको सानो सहयोग अपेक्षित रहेको जनाइएको छ। उक्त प्रस्तावप्रति अभिभावकहरू सकारात्मक देखिएका छन्।

हाल विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष तथा सदस्यहरू, साथै युवा नेता दिपेन्द्र कुमार यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार ०८:०८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !