सुन्दर जनता मावि औराहीमा एसईई विद्यार्थीलाई शुभकामना सहित विदाई

सुन्दर जनता मावि औराहीमा एसईई विद्यार्थीलाई शुभकामना सहित विदाई
मधेश पत्र मधेश पत्र २०८२ चैत्र १३, शुक्रबार ०७:२९
सुन्दर जनता मावि औराहीमा एसईई विद्यार्थीलाई शुभकामना सहित विदाई

सिरहा — औराही गाउँपालिकास्थित सुन्दर जनता माध्यमिक विद्यालयमा एसईई परीक्षा दिन लागेका विद्यार्थीहरूलाई शुभकामना सहित विदाई गरिएको छ। एक औपचारिक समारोहका बीच विद्यार्थीहरूलाई खादा तथा अबिर लगाएर विदाई गरिएको हो।

आउँदो चैत १९ गते बाट देशै भरी एसईई परिक्षा सञ्चालन हुँदैछ। सिराहा बाट मात्रै करिब ११ हजार विद्यार्थी सहभागी हुने जनाएको छ।

ADVERTISEMENT

कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव, युवा नेता दिपेन्द्र कुमार यादव, प्रधानाध्यापक विवेक कुमार यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, साथै अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षाको वर्तमान अवस्था, समस्या, चुनौती तथा समाधानका उपायहरूबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए। सो अवसरमा प्रधानाध्यापक विवेक कुमार यादवले विद्यार्थीहरूलाई उत्तरपुस्तिकामा कसरी लेख्ने, प्रश्नअनुसार उत्तर कसरी प्रस्तुत गर्ने लगायतका विषयमा उपयोगी प्रशिक्षण दिएका थिए।

उक्त कार्यक्रममा विद्यार्थीहरूलाई प्रवेश पत्र समेत वितरण गरिएको विद्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १३, शुक्रबार ०७:२९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !