धरौटीमा रिहा भए जेन जी आन्दोलनका आरोपित युवा रामसुरेश

धरौटीमा रिहा भए जेन जी आन्दोलनका आरोपित युवा रामसुरेश
मधेश पत्र मधेश पत्र २०८२ चैत्र १२, बिहीबार १८:५०
धरौटीमा रिहा भए जेन जी आन्दोलनका आरोपित युवा रामसुरेश

सिरहा — जेन जी आन्दोलनसँग सम्बन्धित मुद्दामा पक्राउ परेका युवा राम सुरेश यादव अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्। अदालतले करिब ६ लाख ७० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

 

ADVERTISEMENT

यसअघि, नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव र वडा नं. ३ का वडाध्यक्ष बन्सिलाल यादवको जाहेरीका आधारमा ती युवामाथि अपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। सो मुद्दालाई लिएर सुरुबाटै राजनीतिक पूर्वाग्रह र पहुँचका आधारमा कारबाही गरिएको आरोप लाग्दै आएको थियो।

 

यस घटनासँगै जेन जी आन्दोलनका क्रममा उठेका प्रश्नहरू—निहत्था विद्यार्थीमाथि गोली प्रहारको आरोप, कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभएको विषय, र सीमित व्यक्तिलाई मात्र लक्षित गरिएको कारबाही—अझै समाधान हुन बाँकी रहेका छन्।

 

स्थानिय युवा अभियन्ता तथा अगुवा विवेक यादवका अनुसार गाउँपालिकाको कालो कर्तुत र भ्रष्ट प्रवृत्ति बिरुद्द निरन्तर खबरदारी गरेकै आधारमा झुठा मुदा दर्ता गरिएको बताउनु भयो। जसको ठोस प्रमाण निरन्तर रुपमा २ दिन देखि पालिका अध्यक्ष लगायतका टोली अदालत धाउनु हो। तर पनि उनीहरूको केही चलेन। सत्य सत्य नै हुन्छ , वहाले भन्नु भयो।

प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १८:५०
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !