विभिन्न दल त्याग गरी जनमत पार्टी प्रवेश, डा. सीके राउतद्वारा स्वागत

विभिन्न दल त्याग गरी जनमत पार्टी प्रवेश, डा. सीके राउतद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १८, सोमबार १३:०६
विभिन्न दल त्याग गरी जनमत पार्टी प्रवेश, डा. सीके राउतद्वारा स्वागत

राजविराज : सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–४ मा विभिन्न राजनीतिक दल परित्याग गरी स्थानीय नेताहरू तथा कार्यकर्ताहरू जनमत पार्टी मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले गम्छा र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलका पूर्व जिल्ला उपाध्यक्ष तथा वडा सदस्यका प्रत्याशी प्रमोद कुमार शर्मा, नेकपा एमालेका बिरेन्द्र मण्डल, सुमन कुमार सिंह, चुल्हाई मण्डल, गोपाल शर्मा र राजेश्वर सुतिहार रहेका छन्। यस्तै, जनता समाजवादी पार्टी (जसपा) का अजय शर्मा, नरेश शर्मा, सतरहन मण्डल, कप्लेश्वर मण्डल, मुसहरू शर्मा र नवराज मण्डलसहितका नेता–कार्यकर्ता पनि जनमतमा समाहित भएका छन्।

ADVERTISEMENT

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनताको अधिकार, पहिचान र विकासका एजेन्डालाई सशक्त रूपमा अगाडि बढाउन सबैलाई एकजुट हुन आह्वान गरे। उनले जनमत पार्टी वैकल्पिक शक्ति मात्र नभई जनआकांक्षाको प्रतिनिधि शक्तिका रूपमा स्थापित हुँदै गएको दाबी गरे। नवप्रवेशीहरूलाई पार्टीको सिद्धान्त, नीति र लक्ष्यअनुसार सक्रिय भएर काम गर्न उनले आग्रह गरे।

नवप्रवेशी नेताहरूले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने उद्देश्यले जनमत पार्टी रोजेको बताए। स्थानीय विकास, सुशासन र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरे।

स्थानीय तहमा प्रभावशाली व्यक्तिहरूको प्रवेशसँगै तिलाठी कोईलाडी क्षेत्रमा जनमत पार्टीको संगठनात्मक अवस्था थप मजबुत हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १८, सोमबार १३:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !