रविको हातबाट बालेनले लिए झापा–५ को टिकट

रविको हातबाट बालेनले लिए झापा–५ को टिकट
मधेशपत्र मधेशपत्र २०८२ माघ ५, सोमबार २३:२४
रविको हातबाट बालेनले लिए झापा–५ को टिकट

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन्।

सोमबार जनकपुरधाममा आयोजित चुनावी सभाको सकेर होटेल मिथिला यात्री निवासमा रास्वपाका सभापति रवि लामिछानेको हातबाट बालेन शाहले टिकट लिएका हुन्।

ADVERTISEMENT

बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए। बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन्।

टिकट लिएर जनकपुरधामबाट झापाको लागि प्रस्थान गरिसकेको रास्वपाका एक नेताले बताए ।

प्रकाशित मिति: २०८२ माघ ५, सोमबार २३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !