जनमत पार्टीले सिरहा क्षेत्र नं. १ मा क्षेत्रीय कार्यालय खोल्यो

जनमत पार्टीले सिरहा क्षेत्र नं. १ मा क्षेत्रीय कार्यालय खोल्यो
मधेशपत्र मधेशपत्र २०८२ पुष २६, शनिबार १८:२४
जनमत पार्टीले सिरहा क्षेत्र नं. १ मा क्षेत्रीय कार्यालय खोल्यो

सिरहा : जनमत पार्टीले सिरहा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय पार्टी कार्यालय उद्घाटन गरेको छ। लहान नगरपालिका–१२ भोटियाटोलमा आयोजित कार्यक्रममा कार्यालय उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत प्रमुख अतिथिका रहेको थिए। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले क्षेत्रीय कार्यालय स्थापनाले संगठन विस्तार, जनतासँग प्रत्यक्ष संवाद तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने बताउनुभयो। उहाँले मधेसको अधिकार, सुशासन र समावेशी विकास जनमत पार्टीको प्राथमिक एजेन्डा रहेको उल्लेख गरे ।

जनताको समस्या र आवश्यकतासँग जोडिएर राजनीति गर्ने शक्ति बन्दै गएको जनमत पार्टीले सिरहा क्षेत्र नं. १ मा संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र भावी योजनाबारे धारणा राख्दै स्थानीय तहसम्म संगठन विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।

क्षेत्रीय कार्यालय उद्घाटनसँगै सिरहा क्षेत्र नं. १ मा जनमत पार्टीका गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष २६, शनिबार १८:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !