प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा र्‍याली

प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा र्‍याली
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १४, आईतवार १८:५८
प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा र्‍याली

सिरहा : प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ ।

र्‍यालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनजनक नाराबाजी गरेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा गोलबजारका मुख्य सडकहरू परिक्रमा गर्दै आफ्नो धारणा सार्वजनिक रुपमा व्यक्त गरेका थिए ।

ADVERTISEMENT

संगठनका प्रतिनिधिहरूका अनुसार र्‍यालीको उद्देश्य प्रधानमन्त्रीले राष्ट्रहितमा दिएको भनाइलाई समर्थन जनाउनु र समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको बताइएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर १४, आईतवार १८:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !