मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न जनमत पार्टीको प्रदर्शन

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न जनमत पार्टीको प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक २७, बिहीबार १३:२४
मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न जनमत पार्टीको प्रदर्शन

राजविराज : जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै बिहीबार सप्तरीको कंचनरुप नगरपालिकामा प्रदर्शन गरेको छ ।

जनमत पार्टी सप्तरी क्षेत्र नं.१ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘मधेसलाई स्वायत्त प्रदेश घोषणा गर’, ‘संघीय हस्तक्षेप बन्द गर’ लगायतका नाराबाजी गरेका थिए ।

ADVERTISEMENT

जनमत पार्टीका केन्द्रीय सदस्य शिव नन्दन मेहताले मधेस प्रदेशमा प्रहरी र कर्मचारीलाई पूर्ण रूपमा प्रदेश मातहतमा ल्याउनुपर्ने, संघका सीडीओ र एसपी फिर्ता हुनुपर्ने, दमन र शोषणको अन्त्य गर्नुपर्ने लगायतका माग राख्दै प्रदेशमा संघीय हस्तक्षेप विरुद्धको आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०८२ कार्तिक २७, बिहीबार १३:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !