जनकपुरधाममा ‘यंग मधेशी फाइटर’को शुभारम्भ

जनकपुरधाममा ‘यंग मधेशी फाइटर’को शुभारम्भ
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १२, बुधबार २१:३०
जनकपुरधाममा ‘यंग मधेशी फाइटर’को शुभारम्भ

जनकपुरधाम : जनकपुरधामको मशाला कटेजमा ‘यंग मधेशी फाइटर’ (Young Madhesi Fighter) नामक गैर–सरकारी संस्थाको शुभारम्भ गरिएको छ।

युवा पुस्तालाई एक ठाउँमा ल्याई समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित संस्थाको स्थापना गरिएको हो। संस्थापक आयुष अरगरियाले उद्घाटन समारोहमा बोल्दै समाजमा देखिएका विभिन्न समस्या र विकृतिविरुद्ध युवा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

ADVERTISEMENT

उनका अनुसार संस्था रक्तदान, खाद्य वितरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, सरसफाइ अभियानलगायतका सामाजिक गतिविधि निःस्वार्थ रूपमा सञ्चालन गर्नेछ। “समाजमा समस्या रहँदासम्म मौन बस्ने होइन, आवाज उठाएर समाधान खोज्ने हाम्रो लक्ष्य हो,” अरगरियाले भने।

अरगरियाले जेनजी पुस्तादेखि स्वतन्त्र विचारका सबै युवालाई संस्थामा जोडिन आह्वान गरे। “मधेश निर्माणका लागि हरेक घरबाट युवा उठ्न जरुरी छ,” उनले थपे।

उनका अनुसार संस्था वडास्तरदेखि प्रदेशस्तरसम्म विस्तार गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा छ।

उद्घाटन समारोहमा जनकपुरधामका युवा अगुवा आनन्द ठाकुर, प्रशान्त झा, कुश यादव, निशान्त यादव, किसन साह, अमनराज यादव, विपिन यादव, रोहित सिंहलगायत सयौं युवाको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: २०८२ कार्तिक १२, बुधबार २१:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !