कारागार फर्किए टोपबहादुर रायमाझी

कारागार फर्किए टोपबहादुर रायमाझी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १३:३२
कारागार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो ।

ADVERTISEMENT

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षमा छन् ।

उनीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । उनी भने अहिलेसम्म फर्केका छैनन् ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १३:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !