विकास र सुशासन सरकारको प्राथमिकता : मुख्यमन्त्री सिंह

विकास र सुशासन सरकारको प्राथमिकता : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ५, आईतवार १३:४५
विकास र सुशासन सरकारको प्राथमिकता : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आइतबार सप्तरी जिल्लाको महदेवा गाउँपालिका–५ दुर्गापुर पुगेका छन् ।

निर्वाचन क्षेत्रका स्थानीय नागरिकसँग भेटघाट तथा छलफलका क्रममा मुख्यमन्त्री सिंहले विकास र सुशासनलाई सरकारको प्राथमिकता भएको स्पष्ट पारेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा सहभागी स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकता र विकास–निर्माणका प्राथमिकता मुख्यमन्त्रीसमक्ष राखेका थिए । जनताको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री सिंहले प्रदेश सरकार जनताका अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

वडादशैंको अवसरमा मुख्यमन्त्री सिंहले सम्पूर्ण स्थानीयवासीलाई शुभकामना दिँदै स्थानीय समस्या समाधानका लागि सम्बन्धित निकायमार्फत प्रभावकारी कार्यान्वयन हुने आश्वासन दिए।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १३:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !