तुइन खोलामा खसेको पहिरो पन्छाउन थालियो

तुइन खोलामा खसेको पहिरो पन्छाउन थालियो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ४, शनिबार १४:१४
तुइन खोलामा खसेको पहिरो पन्छाउन थालियो

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिलो हटाउने काम सुरु गरिएको छ ।

शनिबार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो ।

ADVERTISEMENT

ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।

ठूलो पहिरो खसेकाले शुक्रबार पन्छाउन सकिएको थिएन । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार १४:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !