मधेशी आयोगमा एक वर्षमा परे ३७ उजुरी

मधेशी आयोगमा एक वर्षमा परे ३७ उजुरी
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ३, शुक्रबार १३:००
मधेशी आयोगमा एक वर्षमा परे ३७ उजुरी

काठमाडौँ : मधेशी आयोगमा एक वर्षमा ३७ वटा उजुरी परेका छन् ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको मधेशी आयोगको वार्षिक प्रतिवेदनअनुसार ती उजुरीहरूमाथि छानबिन तथा तहकिकात गर्त सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको छ ।

ADVERTISEMENT

‘मधेशी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी त्यसउपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मधेशी आयोगका अध्यक्ष जीवछ साहले राष्ट्रपति पौडेल समक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मधेशीले पाएको आरक्षणमा गैर मधेशीले अवसर लिएकोदेखि महायज्ञ गर्न भन्दै दलितलाई आफ्नै घरबाट उठिबास लगाइएको लगायतका विषय छन् ।

शान्ति सुरक्षा माग गर्दै र विश्वविद्यालयबाट ट्रान्सक्रिप्ट प्राप्त गर्न भएको असहजतासम्मका विषय उजुरी र गुनासोको रूपमा आयोगमा पुगेका थिए ।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रबार १३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !