आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १, बुधबार १२:०४
आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौँ : सरकारले जेन जेड प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

ADVERTISEMENT

जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेन जेड पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधवार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १२:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !