पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा प्रचण्ड

पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा प्रचण्ड
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार १२:५३
पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा जुटेका छन् । यही २४ भदौमा भएको प्रदर्शनका क्रममा माओवादी केन्द्रको मुख्यालयमा समेत आगजनी भएको थियो ।

आगजनीपछि मंगलबार प्रचण्ड पार्टी मुख्यालय अवलोकनमा पुगेका हुन् । त्यसक्रममा उनी नेता/कार्यकर्तासँगै सरसफाइमा समेत सरिक भएका हुन् ।

ADVERTISEMENT

सरसफाइमा सरिक हुनु अगाडि उनले भवनमा के कति क्षति भएको छ भनेर अवलोकन गरेका थिए । त्यसक्रममा उनले धेरै ठूलो क्षति भएको बताए । त्यसका बाबजुत पुस्तकालय, पार्टी बैठकका माइन्युट, कम्युटरहरू र केही रेकर्डहरू बचेको बताए । यो बचाउन भूमिका खेलेका कार्यालयका कार्यरत कर्मचारीहरूलाई उनले धन्यवाद दिए ।

अब फेरि कार्यकर्ताको साथ लिएर नयाँ र भव्य पार्टी कार्यालय बनाउने समेत अध्यक्ष प्रचण्डले बताएका छन् ।

मंगलबार पेरिडाँडामा प्रचण्ड पुग्दा नेता/कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । नेता/कार्यकर्ता सरसफाइमा थिए । प्रचण्ड पनि त्यसमै मिसिएका हुन् ।

यसअघि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पेरिसडाँडा पुगेर पार्टी कार्यालय अवलोकन गरेका थिए । त्यसक्रअममा नेता श्रेष्ठले झाडु लगाएका थिए ।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १२:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !