महोत्तरीको मटिहानीमा डकैती, तीन जना गम्भीर घाइते

महोत्तरीको मटिहानीमा डकैती, तीन जना गम्भीर घाइते
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३०, सोमबार २१:१५
महोत्तरीको मटिहानीमा डकैती, तीन जना गम्भीर घाइते

महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका–५, बिसनपुरमा गएराति डकैती हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार मध्यरात करिब १२ बजे मंगल महरा र बहादुर महराको घरमा ३ देखि ५ जनाको समूहमा आएका डाकाहरूले आक्रमण गरेका हुन्।

ADVERTISEMENT

डाकाहरूले धारिलो हतियार प्रयोग गरी मंगल महाराकी पत्नी ५० वर्षीया सैलो देवी, छोरी मनिषा कुमारी र छोरा संजीव महरालाई प्रहार गरेका थिए। उनीहरूको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डकैतीमा संलग्न समूहले लाखौँ रुपैयाँ बराबरका सुनचाँदीका गरगहना, नगद र अन्य सामग्री लुटपाट गरेको छ।

घटनापछि फरार रहेका डाकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार २१:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !