जेन–जी युवाको माग आत्मसात गर्दै पार्टीलाई गतिशील बनाइनेछ :महासचिव सिंह

जेन–जी युवाको माग आत्मसात गर्दै पार्टीलाई गतिशील बनाइनेछ :महासचिव सिंह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २९, आईतवार १८:४१
जेन–जी युवाको माग आत्मसात गर्दै पार्टीलाई गतिशील बनाइनेछ :महासचिव सिंह

काठमाडौं : जनमत पार्टीको नियमित केन्द्रीय सचिवालय बैठक आइतबार पार्टी कार्यालयमा सम्पन्न भएको छ।

पार्टी अध्यक्ष डा. सीके राउतको अध्यक्षतामा बसेको बैठकले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

ADVERTISEMENT

बैठकले आन्दोलनबारे समीक्षा गर्दै राज्यले समयमै माग सम्बोधन नगरेको कारण परिस्थिति विस्फोटक बनेको निष्कर्ष निकालेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए।

उनका अनुसार पार्टीले सुरुदेखि नै उठाएको ‘नौलो गणतन्त्र’ को अवधारणालाई उपेक्षा गर्दा आजको जटिल स्थिति सिर्जना भएको बैठकमा उल्लेख गरिएको थियो।

बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारकै जिम्मेवारीमा हुनुपर्ने माग अघि सारेको छ। साथै, आन्दोलनलाई दीर्घकालीन सफलतामा पुर्‍याउन आवश्यक पहल गर्ने प्रस्ताव पनि पारित गरिएको पार्टीले जनाएको छ।

युवालाई प्राथमिकतामा राख्दै पार्टीलाई अझ गतिशील बनाउने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ। महासचिव सिंहले भने, “जेन–जी युवाहरूले उठाएका मागलाई आत्मसात गर्दै पार्टीलाई अझ प्रभावकारी र युवामुखी बनाइनेछ।”

बैठकमा उपाध्यक्ष इन्जिनियर नरेन्द्र प्रसाद चौधरी, डा. जयकान्त राउत, महासचिव चन्दन सिंह, सचिवालय प्रमुख राजेश मण्डलसहित सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार १८:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !