जनमत पार्टीका पाँच सांसदको सामूहिक राजीनामा

जनमत पार्टीका पाँच सांसदको सामूहिक राजीनामा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २५, बुधबार १६:२५
जनमत पार्टीका पाँच सांसदको सामूहिक राजीनामा

काठमाडौं : जेनजी पुस्ताको जारी आन्दोलन र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै जनमत पार्टीका पाँच जना संघीय सांसदले सामूहिक राजीनामा दिएका छन्।

सभामुखलाई बुझाइएको सामूहिक राजीनामामा सांसदहरूले “देशको वर्तमान आन्दोलन र अवस्थालाई नौलो गणतन्त्रले मात्र सम्बोधन गर्न सक्छ” भन्ने विश्वास व्यक्त गर्दै प्रतिनिधि सभाको सदस्य पद त्यागेको उल्लेख छ।

ADVERTISEMENT

राजीनामा दिने सांसदहरूमा अब्दुल खान, अनिता देवी साह, बिनिता सिंह दनुवार, गोमा लाभ सापकोटा र सोनु मुर्मु रहेका छन्।

पार्टीकी प्रमुख सचेतक अनिता देवीले राजीनामाबारे जानकारी दिँदै भनिन्, “हामी जनतासँग उभिएका छौँ र सधैं जनताकै पक्षमा रहनेछौँ। ममाथि आस्था र विश्वास राख्ने सम्पूर्ण जनतालाई धन्यवाद दिन चाहन्छु।”

यसअघि पनि जनमत पार्टीले आन्दोलनरत युवाहरूको मागलाई समर्थन गर्दै सरकारको कदमप्रति आपत्ति जनाउँदै आएको थियो।

त्यसैगरी, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सांसद डा. सीके राउतले पनि मंगलबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र २५, बुधबार १६:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !