जेनजी पुस्ताको आन्दोलनमाथि प्रहरीको दमनप्रति जनमतको आपत्ति

जेनजी पुस्ताको आन्दोलनमाथि प्रहरीको दमनप्रति जनमतको आपत्ति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार २२:३६
जेनजी पुस्ताको आन्दोलनमाथि प्रहरीको दमनप्रति जनमतको आपत्ति

काठमाडौं : जेनजी पुस्ताबाट आज भएको प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति हुनुका साथै सयौँ प्रदर्शनकारी घाइते भएको घटनाप्रति जनमत पार्टीले गहिरो दुःख, पीडा र गम्भीर चिन्ता व्यक्त गरेको छ।

पार्टीका महासचिव चन्दन कुमार सिंहद्वारा जारी विज्ञप्तिमा पत्रकारलगायत सम्पूर्ण घाइते प्रदर्शनकारीको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। साथै प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

ADVERTISEMENT

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण संवाद, पारदर्शिता र जिम्मेवार राजनीतिक व्यवहारमार्फत मात्र वर्तमान संकट समाधान गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ।”

जनमत पार्टीले सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ।

घटनापछि पार्टी सचिवालयको बैठक बसेर घटनाको सूक्ष्म विवेचना गरी आगामी रणनीति तय गर्ने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार २२:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !