वीरगन्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

वीरगन्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १८:५३
वीरगन्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

वीरगन्ज : भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ।

प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो।

ADVERTISEMENT

घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको छ।

पर्सा प्रहरीले गोली प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान अघि बढाएको जनाएको छ। नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १८:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !