माओवादीको जागरण अभियान स्थगित

माओवादीको जागरण अभियान स्थगित
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १८:२५
माओवादीको जागरण अभियान स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रले जागरण अभियान स्थगित गरेको छ ।

‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ स्थगित गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरू काठमाडौं फर्किँदैछन् ।

ADVERTISEMENT

माओवादीले यसअघि स्थगित गरेको जागर अभियान यही भदौ २१ गतेदेखि पुन: सञ्चालन सुरु गरेको थियो । त्यसअन्तर्गत सोमबार प्रचण्डसहितका नेताहरू गोरखामा थिए ।

उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किएको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।

‘मुलुकमा देखा परेको विशिष्ट परिस्थितिका कारण पार्टी नेतृत्वले अभियान स्थगित गरेर काठमाडौं फर्किने निर्णय लिएको हो’ नेता सापकोटाले भने । उनका अनुसार काठमाडौंमा पार्टीका शीर्ष नेताहरूले जेनजी आन्दोलनमा सरकारको भूमिका कस्तो रह्यो भनेर समीक्षा गर्नेछन् ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १८:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !