जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका तीन जनाको सनाखत

जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका तीन जनाको सनाखत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १८:१२
जेनजी प्रदर्शन : ट्रमामा मृत्यु भएका तीन जनाको सनाखत

काठमाडौं : ट्रमा सेन्टरमा मृत्यु भएका ३ जना मृतकहरूको सनाखत भएको छ ।

अस्पताल स्रोतका अनुसार, अहिलेसम्म ट्रमा सेन्टरमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३ जनाको नाम प्राप्त गरेको छ ।

ADVERTISEMENT

मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

अन्य ५ जनाको भने सनाखत हुन बाँकी भएको ट्रमा सेन्टरका एक चिकित्सले बताए ।

उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

उता, विराटनगरमा पनि २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १८:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !