आजदेखि सोह्र श्राद्ध सुरु, पशुपतिनाथमा भीड

आजदेखि सोह्र श्राद्ध सुरु, पशुपतिनाथमा भीड
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १०:३२
आजदेखि सोह्र श्राद्ध सुरु, पशुपतिनाथमा भीड

काठमाडौं : आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृहरूको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने प्रचलन रहिआएको छ।

यस अवसरमा राजधानीका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेखनीय भीड देखिएको छ। विशेषगरी पशुपतिनाथ र गोकर्ण क्षेत्रमा आफन्त गुमाएका परिवारजनले तर्पण, पिण्डदान र दान–पुण्य गर्दै दिवङ्गत आत्माको शान्तिको कामना गरेका छन्।

ADVERTISEMENT

पशुपति परिसरमा बिहानैदेखि बागमती किनारमा पुजारीको सहयोगमा श्राद्ध गर्नेहरूको घुइँचो लागेको छ। कतिपय श्रद्धालु आफन्तका नाममा तर्पण गर्दै सिदादान गरेका छन् भने कतिले पिण्डदान गरेर दिवङ्गतलाई स्मरण गरेका छन्।

सोह्र श्राद्धलाई पितृ तर्पणको ठूलो पर्व मानिन्छ। हिन्दु परम्पराअनुसार यस अवधिमा गरिने तर्पण तथा पिण्डदानले दिवङ्गत आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि सुरक्षा व्यवस्थासँगै श्राद्ध गर्न आउने श्रद्धालुहरूको सहज आवागमनका लागि विशेष तयारी गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १०:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !