प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन शुरु

प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन शुरु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १७, मंगलवार १४:३७
प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिको अधिवेशन शुरु

सिरहा : जनता समाजवादी पार्टी(जसपा) नेपालका शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रादेशिक अधिवेशन मगंलबारबाट शुरु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा सो अधिवेशन शुरु भएको हो । आठ जिल्लामा रहेको प्रेस मञ्चको जिल्ला समिति रहेको छ ।

ADVERTISEMENT

आजदेखि शुरु भएको मधेश प्रदेश समितिको सो अधिवेशन दुई दिनसम्म चल्ने अध्यक्ष अभरेन्द्र यादवले बताएका छन् ।

अध्यक्ष यादवले हामी पटक पटक विभिन्न टुट फुटका सिकारका बाबजुद पनि हामी एकजुट भएको सन्देश यो अधिवेशनले दिने जनाएको छ । उनले अबको समय हामी सशक्त भएर अघि बढ्ने रहेको बताए ।

सो अधिवेशनले नयाँ कार्य समितिको चयन गर्नेछ । सो समितिमा भाग लिन मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधिहरु सहभागी भएको उपाध्यक्ष राम हृदय यादवले जनाएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १४:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !