महानगर उपप्रमुख डंगोल जेनेभा प्रस्थान

महानगर उपप्रमुख डंगोल जेनेभा प्रस्थान
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १६, सोमबार २०:१५
महानगर उपप्रमुख डंगोल जेनेभा प्रस्थान

काठमाडौं : १७ देखि १९ भदौसम्म स्वीट्जरल्यान्ड जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज प्रस्थान गरेकी छिन् ।

‘द फोरम अफ यङ ग्लोबल लिडर्स’ ले नयाँ युग हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो । फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेता छन् । यसमा शिक्षा, कला, संस्कृति तथा खेलकुद, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

ADVERTISEMENT

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाबीच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै योङ ग्लोबल लिडरबीच आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्ने जनाइएको छ ।

डंगोलका अनुसार युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावना जान्ने अवसर प्रदान गर्ने उनले बताइन् ।

सम्मेलनमा उनका २ वटा प्रस्तुतीकरण हुनेछन् । गत वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी थिइन् । युवालाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रूपमा उनलाई चयन गरेको हो ।

सम्मेलनमा दक्षिण एसियाली देशबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट डंगोल छिन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका १ सय १६ युवा नेतृत्व छन् ।

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार २०:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !