नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव

नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १६, सोमबार २०:०९
नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन् ।

चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट अब सदस्यको रुपमा अपग्रेड गर्न अनुरोध गरे ।

ADVERTISEMENT

उनले यसका लागि नेपाल आशावादी रहेको उल्लेख गरेका छन् । नेपाल सन् २०१६ बाट एससीओको डाइलग पार्टनर छ ।

‘हामीलाई अहिले अझ एकीकृत, अझ समाहित र लचिलो एससीओको खाँचो छ, ‘प्रधानमन्त्री ओलीले भने,’ गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्छ । नेपाल सन् २०१६ देखि एससीओको डायलग पार्टनर छ । अब पूरा सदस्यता प्राप्त गर्ने आशा राख्दछ ।’

प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार २०:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !