सीडीओ दहालको दोलखा सरुवा, प्रमुख साह सेवा निवृत्त, दुबैलाई बिदाइ

सीडीओ दहालको दोलखा सरुवा, प्रमुख साह सेवा निवृत्त, दुबैलाई बिदाइ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १७:२२
सीडीओ दहालको दोलखा सरुवा, प्रमुख साह सेवा निवृत्त, दुबैलाई बिदाइ

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दहाल र गाउँपालिकाका प्रशासन प्रमुख राम लखन साहलाई शुक्रबार बिदाइ गरेको छ।

सीडीओ दहाल दोलखा सरुवा भएका छन् भने प्रशासन प्रमुख साह सेवा निवृत्त भएका हुन्। दुबैजनालाई गाउँपालिकाले एक कार्यक्रमबीच बिदाइ गरेको हो।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले दहाल र साह दुवैको योगदानलाई स्मरण गर्दै शुभकामना व्यक्त गरे। अध्यक्ष यादवले भने, “सीडीओ दहालले जिल्लामा रहँदा प्रशंसनीय काम गर्नुभयो। प्रमुख साहले पनि आफ्नो सेवाकालभर उल्लेखनीय योगदान दिनुभयो। उहाँहरूको आगामी जीवन क्रान्तिमय रहोस् भन्ने हाम्रो शुभकामना छ।”

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १७:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !