मुख्यमन्त्री सिंह मलेसिया जाँदै , कार्यवाहक मुख्यमन्त्री सरोजलाई दिए

मुख्यमन्त्री सिंह मलेसिया जाँदै , कार्यवाहक मुख्यमन्त्री सरोजलाई दिए
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ६, शुक्रबार १४:२८
मुख्यमन्त्री सिंह मलेसिया जाँदै , कार्यवाहक मुख्यमन्त्री सरोजलाई दिए

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको मलेसिया भ्रमणका लागि शुक्रबार साँझ जाने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले मलेसियामा रहेका नेपाली कामदार, विशेषगरी मधेश प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारहरूको जीवन, समस्या र अवस्थाबारे बुझ्न महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ६, शुक्रबार १४:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !