इँटा बिछ्याएर अलपत्र छाडिएको सडक : स्थानीय घाइते, युवाहरूले अख्तियार जाने चेतावनी

इँटा बिछ्याएर अलपत्र छाडिएको सडक : स्थानीय घाइते, युवाहरूले अख्तियार जाने चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ४, बुधबार १६:१७
इँटा बिछ्याएर अलपत्र छाडिएको सडक : स्थानीय घाइते, युवाहरूले अख्तियार जाने चेतावनी

जनकपुरधाम ः कमला नगरपालिका–८ सोनापारमा सडक ढलान गर्न सुरु गरिएको स्थानीय सडक निर्माण एक महिनादेखि अलपत्र छाडिएको छ। बद्री माझी यादवको घरदेखि बलराम बिराजी यादवको घरसम्म ढलान गर्ने कार्य केही दिनमै स्थानीय युवाहरूको विरोधपछि बन्द भएको हो।

गत असार २० गतेदेखि इँटाको सोलिङ गरेर काम सुरु गरिएको थियो। तर स्थानीय युवाहरुले दुई नम्बरको इँटा प्रयोग गरी काम गुणस्तरहीन भएको आरोप लगाउँदै रोकिदिएका छन्। उनीहरूका अनुसार बिना इस्टिमेट, बिना डिजाइन, र कमिसनको चलखेलमा ढलान कार्य सुरु थियो । अरु सडकमा नालासहित सडक ढलान गरिएको छ , भने यस सडकमा बिना नालाकै दुई नम्बरको इँटासहित गुणस्तरहीन सडक निर्माण गरिरहेको कारणले हामी सडक बनाउन अबरोध गरेको युवाहरुले बताए ।

ADVERTISEMENT

“इँटा राख्ने तरिका मापदण्डअनुसार छैन। योजना न त डिजाइन छ, न बजेट पारदर्शी। यदि इस्टिमेटअनुसार काम नगर्ने हो भने हामी अख्तियारमा उजुरी दिन्छौं,” स्थानीय युवाहरुले चेतावनी दिएका छन्।

इँटा बीचैमा – आवतजावत कठिन, मान्छे घाइते

एक महिनाभन्दा बढी समयदेखि सडकमा इँटा विछ्याएर छाडिएकाले स्थानीयको आवतजावत निकै कठिन भएको छ। सडक अव्यवस्थित भएको कारण धेरैले चिप्लिएर चोटसमेत पाएका छन्। वर्षासँगै सडक हिलो, खाल्डाखुल्डी र फोहोरले भरिँदा वृद्धवृद्धा, स्कुले बालबालिका, सर्वसाधारण सबैलाई समस्या भएको स्थानीय शम्भु यादव, उमेश यादव, धर्मेन्द्र यादव,दिपेन्द्र यादव, रोशन गोइत यादव, अमित यादव,वासु बिराजी यादवले गुनासो गरे।

वडाध्यक्षको भनाइ : ‘यो राजनीतिक विरोध मात्र हो’

वडाध्यक्ष तृपित भुडेर यादवले भने काम सुरु हुनु अघि कुनै गुनासो नभएको दाबी गरे। उनका अनुसार ठेकेदारले असार १८ गते नै काम सुरु गर्न भने पनि असार २० बाटमात्र काम सुरु भएको थियो।

“इँटाको सोलिङ गरेपछि केही युवाहरूले राजनीतिक कारणले काम रोके,” उनले भने। उनका अनुसार ठेकेदारले करीब ३–४ लाख रुपैयाँ बराबरको इँटा लगायतको सामग्री लगानी गरिसकेका छन्। काम रोकिदिँदा लगानी फसेको भन्दै वडाध्यक्षले भने – “यदि उनीहरूले इँटा नै चाहँदैनन् भने हटाइदिन्छौं, काम हुन्छ कि हुँदैन ठेगान छैन।”

प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १६:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !