समर्थन फिर्ता लिएका जसपा र नाउपा पनि सत्ता गठबन्धनको बैठकमा

समर्थन फिर्ता लिएका जसपा र नाउपा पनि सत्ता गठबन्धनको बैठकमा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १६:४८
समर्थन फिर्ता लिएका जसपा र नाउपा पनि सत्ता गठबन्धनको बैठकमा

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विभिन्न मितिलाई सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । दुवै दल सदनमा प्रतिपक्षीको बेन्चमा छन् ।

तर, उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारीस्वरुप सत्तापक्षले बोलाएको बैठकमा भने दुवै दल सहभागी भएका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा जारी बैठकमा दुवै दलका प्रतिनिधि सहभागी भएका हुन् ।

ADVERTISEMENT

जसपा नेपालको तर्फबाट उपमहासचिव रेखा यादव सहभागी छिन् भने नाउपाको तर्फबाट स्वयं पार्टी अध्यक्ष रंजिता श्रेष्ठ सहभागी छिन् ।

सत्ता गठबन्धनले उपसभामुख राना मगरविरुद्धको महाभियोग प्रस्तावका लागि हस्ताक्षर संकलन गरेको छ । कांग्रेस र एमालेले आन्तरिकरूपमा हस्ताक्षर संकलन गरेपछि अन्य दलको पनि सहमति जुटाउन बैठक डाकेका हुन् ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १६:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !