मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १८:३५
मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

काठमाडौं : मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) पदमा जगरनाथ दास नियुक्त भएका छन्। नेपाल सरकारको खानेपानी मन्त्रीस्तरीय निर्णयअनुसार दासलाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हो।

नवनियुक्त कार्यकारी निर्देशक दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरका कार्यालय प्रमुख थिए। उनी आइतबार मेलम्ची विकास समितिको कार्यकारी निर्देशकको रूपमा पदभार ग्रहण गरिसकेका छन्।

ADVERTISEMENT

त्यसैगरी, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ।

विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल सबै तीनै जना उपमहानिर्देशक नियुक्त भएपछि विभाग पूर्ण भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिएका छन्।

महानिर्देशक श्रेष्ठका अनुसार, आर्थिक वर्षको सुरुमा नै महाशाखा प्रमुखहरूको दरबन्दी पूर्ण भएपछि विभागले थप गति र प्रगतिका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

विभागले जनाएको छ, उपमहानिर्देशक लामिछानेलाई खानेपानी महाशाखा, ढल तथा सरसफाइ व्यवस्थापन महाशाखाको जिम्मेवारी तोकिएको छ भने उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठलाई सेवा नियमन तथा समन्वय महाशाखा र उपमहानिर्देशक नारायणप्रसाद आचार्यलाई अन्य महाशाखामा जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १८:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !