प्रेस स्वतन्त्रता हननका ९४ घटना, १०६ जना पत्रकार पीडित

प्रेस स्वतन्त्रता हननका ९४ घटना, १०६ जना पत्रकार पीडित
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार ११:३७
प्रेस स्वतन्त्रता हननका ९४ घटना, १०६ जना पत्रकार पीडित

काठमाडौं : गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।

प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।

ADVERTISEMENT

१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।

त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।

समीक्षा अवधिमा बागमती चार, मधेशमा तीन र कर्णाली प्रदेशमा दुई प्रेस स्वतन्त्रता दुरुपयोगकका घटना भएका काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार ११:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !