भन्सार सुरक्षा बल बनाउनुपर्ने निर्देशनमा लिइएका ३ आधार

भन्सार सुरक्षा बल बनाउनुपर्ने निर्देशनमा लिइएका ३ आधार
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार २२:१८
भन्सार सुरक्षा बल बनाउनुपर्ने निर्देशनमा लिइएका ३ आधार

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई निर्देश गरेको छ ।

यसका विभिन्न आधार संसदीय समितिले दिएको छ ।

ADVERTISEMENT

यो निष्कर्षमा पुग्नु अगाडि समितिका सभापति अब्दुल खानको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनपछि प्रतिवेदन तयार पारेर शुक्रबार समितिमा पेस गरेको छ । समितिमा पेस भएको प्रतिवेदनमा विभिन्न आधार प्रस्तुत गर्दै भन्सार सुरक्षा बल बनाउन निर्देश गरिएको छ ।

संसदीय समितिले दिएको पहिलो आधार हो– मुलुकको विभिन्न सीमा नाकाहरूमा रहेका भन्सार कार्यालयबाट हुने भन्सार प्रशासनका कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित एवं सुरक्षित बनाउन ।

भन्सार सुरक्षा बललाई कस्टम पुलिस समेत भन्न सकिने समितिको सुझाव छ । यसको व्यवस्थाका लागि दिइएको दोस्रो आधार हो– अवैध रुपमा हुने निकासी पैठारी रोक्ने ।

अनुगमनको क्रममा नेपाल–भारत विचको खुला सीमानाबाट अवैध रुपमा हुने निकासी पैठारी हुने गरेको पाइएको भन्दै संसदीय समितिले भन्सार बल निर्माण गर्नुपर्ने भनेको छ ।

भन्सार बल स्थापना गर्नुपर्ने भनेर दिइएको तेस्रो आधार हो– राजश्व संलकन वृद्धि । भन्सार बल स्थापना गरे अवैध रूपमा हुने निकासी पैठारी रोकिने र राजश्व संलकन वृद्धि हुने संसदीय समितिको विश्वास रहेको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार २२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !