मटिहानी नगरपालिकाबाट किसानलाई अम्बा र लिचीको विरुवा वितरण सुरु

मटिहानी नगरपालिकाबाट किसानलाई अम्बा र लिचीको विरुवा वितरण सुरु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार १५:१४
मटिहानी नगरपालिकाबाट किसानलाई अम्बा र लिचीको विरुवा वितरण सुरु

महोत्तरी : जिल्लाको मटिहानी नगरपालिकाले किसानलाई अम्बा र लिचीको विरुवा वितरण सुरु गरेको छ।

नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत कृषि तथा पशु विकास तर्फ स्वीकृत योजनाअनुसार शुक्रबार बिहान नगर प्रमुख हरि प्रसाद मण्डलले वितरण कार्यक्रमको उद्घाटन गरेका हुन्।

ADVERTISEMENT

कृषि शाखा प्रमुख संध्या साहका अनुसार नगरपालिकाका ९ वटै वडामा रहेका करिब ३ हजार ५ सय किसानलाई २/२ वटा अम्बा र लिचीका विरुवा निःशुल्क वितरण गरिने छ।

उनले फलफूलको उत्पादन बढाउन, किसानको आयआर्जनमा टेवा पुर्‍याउन र कृषि व्यवसायलाई प्रवर्द्धन गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताइन्।

नगर प्रमुख मण्डलले नगरका किसानलाई आवश्यक प्रविधि र स्रोत उपलब्ध गराउँदै उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखिने उल्लेख गरे। ‘फलफूल खेती विस्तार गरेर यहाँका किसानको आम्दानी बढाउने हाम्रो लक्ष्य हो,’ उनले भने।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार १५:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !