विद्या भण्डारीको सम्पर्क कार्यालय मर्मत र सरसफाइ हुँदै

विद्या भण्डारीको सम्पर्क कार्यालय मर्मत र सरसफाइ हुँदै
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार १४:५६
विद्या भण्डारीको सम्पर्क कार्यालय मर्मत र सरसफाइ हुँदै

काठमाडौँ : पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापा गाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् ।

अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ ।

ADVERTISEMENT

विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ ।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी अब सक्रिय राजनीतिमा आउन लागेकी हुन् ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार १४:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !