जनमत पार्टीद्वारा कलैयामा ‘एक परिवार, एक विरुवा’ अभियान सुरु

जनमत पार्टीद्वारा कलैयामा ‘एक परिवार, एक विरुवा’ अभियान सुरु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार ११:१८
जनमत पार्टीद्वारा कलैयामा ‘एक परिवार, एक विरुवा’ अभियान सुरु

कलैया : जनमत पार्टीले बाराको कलैया उपमहानगरपालिकामा ‘एक परिवार, एक विरुवा – रुख रोपौं, पर्यावरण जोगाऔं’ अभियान सुरु गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा स्थानीय बासिन्दालाई निःशुल्क बिरुवा वितरण गर्दै अभियानको सुरुआत गरिएको हो।

जनमत पार्टी बारा इन्चार्ज शिवनाथ पटेलका अनुसार वातावरणीय सन्तुलन कायम राख्ने, हरित क्षेत्र विस्तार गर्ने र जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। “हरेक परिवारले कम्तीमा एक विरुवा रोपेर यसको संरक्षण गर्ने जिम्मेवारी लिनुपर्छ,” उनले भने, “सानो प्रयास भए पनि दीर्घकालमा ठूलो परिवर्तन ल्याउन सक्छ।”

ADVERTISEMENT

उनका अनुसार पहिलो चरणमा कलैया उपमहानगरपालिकाका विभिन्न वडामा हजारौं बिरुवा वितरण गरिनेछ। त्यसपछि यसलाई अन्य नगरपालिका र गाउँपालिकामा विस्तार गर्ने योजना रहेको छ।

कार्यक्रममा सहभागी स्थानीयले यस्तो पहलले समुदायमा हरियाली बढाउनुका साथै नयाँ पुस्तामा वातावरणप्रतिको चेतना जगाउने विश्वास व्यक्त गरेका छन्।

जनमत पार्टीले यसअघि पनि वृक्षारोपण, सफाइ अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ११:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !